३३ बिघा ऐलानी जग्गामा वीरगन्ज महानगरले सामूहिक तरकारी खेती गर्ने

तरकारीबाली पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाको कृषि शाखाकी कृषि अधिकृत रोशनी यादवले बताइन् ।

सम्वादाता | २०८० जेठ २४ गते १६: २५ मा प्रकाशित

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेको ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएको छ । बुधबार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितको टालीले लक्ष्मीपुरमा उपयोगविहिन रहेका ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएको हो ।

तरकारीबाली पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाको कृषि शाखाकी कृषि अधिकृत रोशनी यादवले बताइन् ।

बेरोजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरुको आयआर्जन बढाउने उदेश्यले उपयोगविहिन रहेको खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएको महानगरका मेयर राजेशमान सिंहले बताए । बुधबार जग्गा छुट्टाउन गएको टोलीमा महानगरका भौतिक संरचना नियन्त्रण समितका संयोजक प्रदीप चौरसिया, मेयर सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरका आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य , नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल साह लगायतको सहभागीता थियो ।

 

प्रतिक्रिया दिनुहोस्