वीरगन्ज भन्सार एजेन्ट संघको अध्यक्षमा राजमान तामाङ विजयी

तामाङले निकटतम प्रतिद्धन्द्धी निर्मल कुर्मीलाई ११ मतले पराजित गरेका थिए । संघको अध्यक्षमा विजयी भएका तामाङले ३३ मत ल्याएका थिए भने कुर्मीले २२ मत पाएका थिए । अध्यक्ष पदका अर्का उम्मेदवार विजय साहले जम्मा ४ मत पाएका थिए । 

सम्वादाता | २०७९ माघ २२ गते १०: २६ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज भन्सार एजेन्ट संघको अध्यक्षमा राजमान तामाङ विजयी भएका छन् । शनिबार वाराको अमलेखगन्जमा सम्पन्न भएको ८ औ साधारण सभा तथा महाधिवेशनबाट तामाङ निर्वाचित भएका हुन् ।

तामाङले निकटतम प्रतिद्धन्द्धी निर्मल कुर्मीलाई ११ मतले पराजित गरेका थिए । संघको अध्यक्षमा विजयी भएका तामाङले ३३ मत ल्याएका थिए भने कुर्मीले २२ मत पाएका थिए । अध्यक्ष पदका अर्का उम्मेदवार विजय साहले जम्मा ४ मत पाएका थिए । 

 

निर्वाचिन अधिकृत विनोद परियारका अनुसार अध्यक्ष र कोषाध्यक्ष पदका लागि सर्वसहमति नभएपछि निर्वाचन भएको थियो । यसैगरि कोषाध्यक्षमा डा.संयोग कुमार विजयी भएका छन् । डा.संयोगले १७ मतको अन्तरले आफ्ना प्रतिस्पर्धी दिपक कुमारलाई पराजित गरेका थिए । दिपकले २२ मत पाए भने डा.संयोगले ३९ मत हासिल गरेका थिए । 

 

संघको वरिष्ठ उपाध्यक्षमा संजेश श्रेष्ठ, प्रथम उपाध्यक्षमा मोहन शर्मा, द्धितीय उपाध्यक्षमा भुपालराज पोखरेल निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन अधिकृत विनोद परियारका अनुसार सचिव र उपसचिव पदमा कसैको उम्मेदवारी परेन् ।

कार्यसमिति सदस्यको दुईवटा पदमा समेत कुनै उम्मेदवारी नपरेको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरि कार्यसमिति सदस्यमा अर्जुन पुडासैनी, चन्द्रप्रकाश चौधरी नृप बराल र ब्रबिम केसी निर्विरोध निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्