युवा व्यवसायी एवम् समाजसेवी नवनीत अग्रवाल प्रदेश सभामा सिफारिस

अग्रवाल नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश क्यापिटल मार्केट समितिका संयोजक पनि हुन् ।

सम्वादाता | २०७९ भदौ २१ गते १८: ०७ मा प्रकाशित

युवा व्यवसायी एवम् समाजसेवी नवनीत अग्रवाल प्रदेश सभामा सिफारिस
वीरगन्ज– अगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनका लागि वीरगन्जका युवा व्यवसायी एवम् समाजसेवी नवनीत अग्रवाल समानुपातिक तर्फ सिफारिस भएका छन् । नेपाली कांग्रेस पर्साको २ नम्बर क्षेत्रीय समितिको सर्वसम्मत निर्णयले अग्रवाल निर्वाचन क्षेत्र नं. २ (ख) बाट समानुपातिक तर्फ सिफारिस भएका हुन् । कांग्रेस पृष्ठभूमि भएका युवा व्यवसायी अग्रवाल वीरगन्जमा समाजसेवीको समेत परिचय बनाएका छन् । अग्रवाल विभिन्न सामाजिक संघ/संस्थामा समेत आवद्ध रहेका छन् । अग्रवाल नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश क्यापिटल मार्केट समितिका संयोजक पनि हुन् ।

 

प्रतिक्रिया दिनुहोस्