काठमाडौं । मन्त्रिपरिषद्ले माघ २०८० मा गठन गरेको एक अध्ययन समितिले सरकारलाई त्रिभुवन सहित तीन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एकै प्याकेजमा राखेर विकास गर्न सुझाव दियो ।
यी विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा राखेर विकास गर्न सकिने सुझाव दिइयो । समितिले सरकारलाई पीपीपी मोडेलमा जान सुझाएन मात्र, त्यसमा जानु अगाडि थप हवाई प्रवेश बिन्दु र ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएसएल) प्रविधि प्रयोग गरी जहाज अवतरण गराउन सक्ने प्रणालीबारे टुंगोमा पुर्याउन समेत सुझाव दियो ।
उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दराजमा थन्किएको छ । त्यसपछि पीपीपी मोडेलबारे कुनै प्रक्रिया अगाडि बढ्यो न सुझाव कार्यान्वयनमा कुनै प्रगति भयो ।
अहिले भारतको आकाश हुँदै आउने जहाज सिमराबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन् । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको जोडबलमा अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज जान थालेका छन् ।
विडम्बना, पश्चिम नेपाल आसपास हुँदै आउने जहाज समेत पूर्वी नेपालको सिमरा आएर नेपाल प्रवेश गरी पुनः नेपाली आकाश हुँदै भैरहवा जानुपर्ने बाध्यतामा छन् ।
भारतसँग लामो समयदेखि थाती रहेको थप प्रवेश बिन्दु प्राप्त नहुँदा वायुसेवा कम्पनीहरूले अतिरिक्त समय र इन्धन खर्च गर्नुपरेको छ । यसको मार यात्रुले हवाई टिकटमा पाइरहेका छन् ।
भैरहवा विमानस्थलमा जहाज अवतरण गराउन नेपाललाई पश्चिमतर्फ नेपालगञ्ज वा महेन्द्रनगरबाट जहाज प्रवेश गर्न पाउने गरी ‘इन्ट्री रुट’ आवश्यक छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत चल्न थाल्दा भने भैरहवाबाट इन्ट्री रुट सबैभन्दा उपयोगी हुनेछ । तर, गौतमबुद्ध विमानस्थलमा अवतरण गर्न भने भैरहवामा इन्ट्री रुट पाए पनि व्यावहारिक छैन ।
उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंशराज पाण्डेका अनुसार अन्तर्राष्ट्रिय सिमानाबाट जहाज प्रवेश गर्दा १५ हजार फिटको उचाइमा हुन्छ ।
त्यस्ता जहाजलाई क्रमशः तल झार्दै अवतरणका लागि योग्य बनाउन झन्डै सिमरा–भैरहवा दुरी जत्तिकै ‘एयर स्पेस’ आवश्यक पर्छ । नभए धेरै फन्को मार्दै तल झर्नुपर्छ ।
सोहीकारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सहजताका लागि नेपालले पश्चिमतर्फ नेपालगञ्ज वा महेन्द्रनगरबाट इन्ट्री पाउनुपर्छ । पूर्वी नेपालबाट प्रवेश गर्ने जहाजका लागि भने सिमरा नै उपयुक्त छ ।
अहिले भारतले नेपालबाट उडेका जहाजलाई महेन्द्रनगरबाट बाहिर जान दिन्छ तर आउन दिँदैन । जसले गर्दा पश्चिम नेपाल हुँदै आउनुपर्ने जहाज समेत सिमरा फन्को मार्नुपरेको छ ।
काठमाडौंभन्दा झन्डै ७ मिनेट अतिरिक्त उडान
नागरिक उड्डयन प्राधिकरणका अनुसार सिमरा रुटबाट प्रवेश गर्ने जहाज काठमाडौं आउनु र भैरहवा जानुमा औसतमा ७ मिनेट फरक पर्छ । तर, काठमाडौंमा हवाई ट्राफिक चाप हुँदा जहाजले सामान्यतया दुई/तीन फन्को नमारी पालो पाउँदैनन् ।
तर, भैरहवामा अहिले तुलनात्मक रूपमा चाप कम छ । जहाँ आकासमा ‘होल्ड’ गर्नु पर्दैन । आजको दिनमा भैरहवा र काठमाडौं आउने समय र इन्धन खर्चमा त्यति ठूलो अन्तर नहुने प्रवक्ता पाण्डे बताउँछन् ।
भैरहवाबाट सिधा उडान गर्नेलाई अझ फाइदा
सिमरा रुटबाट छिरेर भैरहवा अवतरण गरी भैरहवाबाट सिधै गन्तव्य फर्कने जहाजलाई भने अहिले काठमाडौंभन्दा पनि फाइदा छ ।
प्राधिकरणका अनुसार खाडी मुलुक जाने धेरैजसो जहाज काठमाडौंबाट उडेर महेन्द्रनगर वा भैरहवा आसपासबाट बाहिरिन्छन् । भैरहवाबाट उडेर महेन्द्रनगर हुँदै बाहिरिने जहाजले काठमाडौंको तुलनामा ३० मिनेटभन्दा धेरै समय र त्यो समय उड्दा खपत गर्ने इन्धन बचाउँछन् । उत्तरबाट आउने जहाजलाई भने जुनसुकै विमानस्थलमा जान समस्या छैन ।
पश्चिमका इन्ट्री रुट : प्रधानमन्त्री भारत जाँदा मात्र चर्चा
नेपाललाई पश्चिम भेगमा इन्ट्री रुट चाहिएको छ । तर, यसको चर्चा विमानस्थल चल्दा वा चलाउनु पर्दा होइन, प्रधानमन्त्रीहरूको भारत भ्रमणका बेलामात्र चल्ने गर्छ । त्यसपछि हराउँछ ।
नेपालले एक दशकदेखि महेन्द्रनगरलाई दुईतर्फी बनाउन र नेपालगञ्ज र जनकपुरबाट प्रवेश बिन्दु उपलब्ध गराउन माग गर्दै आएको छ । भैरहवाबाट समेत जहाज बाहिरिन सक्छन् । तर, इन्ट्री रुट छैन ।
यसलाई नेपालले पनि त्यति महत्त्व दिएको छैन । किनकि, पोखरा आउने जहाजलाई समेत पूर्वमा सिमरा र पश्चिममा नेपालगञ्ज वा महेन्द्रनगर प्रवेश बिन्दु पर्याप्त हुन्छ । सिमरा बिन्दुको तुलनामा नेपालगञ्जबाट छिरेको जहाजलाई काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा पुग्न १ सय ६५ नटिकल माइल दुरी कम पर्छ ।
इन्ट्री रुटका लागि भारतसँग पटक–पटक भएका छलफलमा सहभागिता जनाइसकेका नागरिक उड्डयन प्राधिकरण उपमहानिर्देशक पाण्डेका अनुसार पश्चिम नेपालका प्रवेश बिन्दुका लागि भारतले आफ्नै प्रकारका समस्या देखाउने गरेको छ ।
यद्दपि, यी रुट भैरहवा वा पोखरा विमानस्थल सञ्चालनका लागि मात्र मागिएको होइन, काठमाडौं विमानस्थलको उडान व्यवस्थापनमा समेत सहज बनाउन माग गरिएको हो । भैरहवाबाट भने तत्काल इन्ट्री रुट पाउने सम्भावना नरहेको र पाए पनि बढी उचाइको प्रवेश बिन्दु व्यावहारिक नभएको उनी बताउँछन् ।
प्राधिकरणका अनुसार भारतले नेपालगञ्ज र महेन्द्रनगर माथिको प्रवेश बिन्दुमा सुरक्षाको कारण देखाउने गर्छ । नेपालगञ्ज आउने रुटमा भारतीय सेनाको एयरबेश रहेको र त्यसले व्यापारिक उडानका जहाजलाई जोखिम निम्त्याउने भारतको दाबी छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्