डेंगु संक्रमण फैलिरहेको बेला जापानीज इन्सेफलाइटिसको संक्रमणले पनि ठूलो चुनौती थपेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर २८ जनामा जापानीज इन्सेफलाइटिसको संक्रमण देखिसकेको छ । जसमध्ये तीन जनाको मृत्यु समेत भइसकेको छ ।
विश्वभर प्रत्येक वर्ष ५० हजार भन्दा बढी जापानीज इन्सेफलाइटिसबाट संक्रमित हुने तथ्याङ्कले देखाउँछ । जसमध्ये १० देखि १५ हजार संक्रमितको ज्यान समेत जाने गरेको छ ।
संक्रमणबाट संक्रमित लगभग ७० प्रतिशत मानिसमा स्नायु सम्बन्धी समस्या विकास गर्ने जोखिममा हुन सक्छन् । तथ्याङ्कमा आएको भन्दा बढी यसको वास्तविक संख्या दोब्बर हुनसक्ने अनुमान विज्ञहरुको छ । नेपालमा त यो रोगले बेलाबेलामा महामारीकै रुप लिने गरेको छ ।
उक्त रोगको डरलाग्दो पक्ष हो- लक्षण देखिएपछि निको नहुन सक्छ र निको भएपनि बिरामी शारीरिक र मानिसिक रुपले अशक्त हुनसक्छ ।
के हो जापानीज इन्सेफलाइटिस ?
जापानीज इन्सेफलाइटिस भन्ने भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । जुन सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ ।
कुन–कुन क्षेत्रमा संक्रमण फैलियो ?
गत महिनादेखि अहिलेसम्म कोशी प्रदेशमा ५, मधेश प्रदेशमा ७, बाग्मतीमा ४, गण्डकीमा १, लुम्बिनीमा १ र सुदूरपश्चिम प्रदेशमा ६ जनामा इन्सेफलाइटिस संक्रमण पुष्टि भइसकेको छ । जसमा सुदूरपश्चिमको कैलालीका तीन जनाको मृत्यु भएको छ ।
मनसुनको समयमा सबैभन्दा जोखिम
वर्षायाममा संक्रामक रोगहरु बढी देखिन्छन् । यो समय बढी जीवाणुहरु आर्द्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ ।
पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । संक्रमण भएको जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्ने जोखिम हुन्छ ।
यसले कसरी असर पार्छ ?
सुँगुर र चराहरुमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ । मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ । गम्भीर रुपमा असर पारेमा कोमा (बेहोस अवस्था) मा पुर्याउन सक्ने हुन्छ ।
उपचार
जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार छैन । यसको लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै- ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।
यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणालीलाई हमला गर्ने रोग भएकाहरुमा भने आईसीयुदेखि भेन्टिलेसनमै जाने सम्भावना हुन्छ । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ ।
जापानीज इन्सेफलाइटिस विरुद्ध खोप यसको मुख्य उपचार
यो भाइरस विरुद्ध लड्ने एउटै बलियो संयन्त्र हो, जापानी इन्सेफलाइटिस विरुद्धको खोप । त्यसैले यसको संक्रमण हुन नदिन शिशुलाई जन्मिएको १२ महिनामा अनिवार्य खोप लगाउने गरिन्छ ।
जापानी इन्सेफलाइटिसबाट कसरी बच्ने ?
जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर यो रोगको जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
यसका लागि खोपहरू पनि उपलब्ध छन्, जसले संक्रमणको जोखिम कम गर्न वा संक्रमण भएमा गम्भीर रोगको जोखिमबाट जोगाउन मद्दत गर्न सक्छ ।
यस बाहेक लामो बाहुलाको सर्ट र प्यान्ट लगाउने, घर वरपर सरसफाइ गरी लामखुट्टेको प्रजनन् वृद्धि रोक्नुपर्छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्