गर्मीयाममा छालासम्बन्धी विभिन्न रोगले सताउँछ । त्यसमध्ये एक हो घमौरा आउनु । विशेषगरी तराई क्षेत्रमा त यो आम स्वास्थ्य समस्या नै बन्छ । घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक प्रकारको संक्रमण हो, जुन पसिना ग्रन्थीका प्वालहरु कुनै बन्द भएमा आउने गर्छ । अर्थात् छालामा पसिनाका कारण आउने स-साना बिमिरालाई घमौरा भनेर बुझिन्छ । यसलाई चिकित्सकीय भाषामा मिलिरिया भनिन्छ ।
अत्याधिक पसिना आउँदा, छालामा धुलोमैलो जम्मा हुँदा, गर्मीमा बाक्लो लुगा लगाउँदा, प्रदूषित वातावरणको कारण प्वाल बन्द हुनसक्छ । छाला चिलाउने, छालामा रातो-रातो बिमिरा आउने, पोल्ने, शरीर गन्हाउने जस्ता लक्षण घमौरा आउँदा देखापर्छ ।
पसिना निस्कने प्वाल तीन तरिकाले बन्द हुनसक्छ । छालाको सबैभन्दा माथिको पसिना निस्कने प्वाल बन्द भएर आउँछ । यसलाई मिलिरिया क्रिस्टालिना भनिन्छ । जसमा स-साना पानीको थोपाजस्तो देखिन्छ र बिमिरा आउँछ । अधिकांशलाई आउने यही प्रकारको घमौरा हो ।
पसिना निस्कने ग्रन्थीको ट्युबको बीचको भागमा बन्द भएर आउने घमौरालाई मिलिरिया रुब्रा भनिन्छ । यसमा रातोरातो बिमिरा देखिने हुन्छ । त्यस्तै पसिना ग्रन्थीको सबैभन्दा तल्लो भित्रको भाग बन्द भएर आउने घमौरालाई मिलिरिया प्रोफन्डा भनिन्छ ।
कसलाई बढी आउँछ घमौरा ?
घमौराको समस्या सबैलाई हुनसक्छ । तर यसको समस्या भर्खरै जन्मेका शिशु र ज्वरो आउने बेलामा धेरै हुन्छ ।
किन हुन्छ ?
किनभने शिशुहरुमा पसिनाको प्वाल राम्रोसँग विकास भएको हुँदैन । त्यसैले शिशुको पसिना निस्कने प्वाल बन्द हुन्छ । जसकारण घमौराको समस्या हुन्छ । साथै ज्वरो आउँदा शरीरमा तापक्रम बढ्दा आउँछ । शिशु र ज्वरो आउँदा पानीको स-साना फोकाजस्तो देखिने मिलिरिया किस्टेरिया आउने गर्छ ।
त्यस्तै क्षयरोग, मधुमेह, थाइराइड, नसासम्बन्धी समस्या, क्यान्सर, मानसिक रोगका बिरामीलाई पनि घमौराको समस्या हुन्छ । यी रोगका बिरामीमा पसिना धेरै आउने भएकाले प्वाल बन्द हुनपुग्छ ।
कस्सिएको कपडा लगाउँदा, पसिना नसोस्ने कपडा लगाउँदा, लामो समयदेखि बेडरेस्टमा भएका व्यक्तिलाई, पसिना निकाल्ने औषधिको प्रयोग, मोटोपन भएमा हुनसक्छ । त्यस्तै महिनावारी सुक्ने बेलामा महिलालाई यसको समस्या हुनसक्छ । यसबेला इरिटेसन भएर शरीरको तापक्रम बढेर पसिना आउने गर्छ ।
उपचार
छाला चिलाउने भएमा औषधिको रुपमा यसमा क्यालामाइन लोसनको प्रयोग गर्न सकिन्छ । यो एक ओभर द काउन्टर (ओटीसी) औषधि हो, जुन छाला हल्का चिलाउँदा प्रयोग गर्न सकिन्छ ।
शरीरलाई चिसो बनाउन चिसो पाउडरको प्रयोग गर्न सकिन्छ । यसले घमौरा कम गर्दैन र यसबाट हुने चिडचिडापन, पोल्ने र चिलाउने समस्यालाई राहत दिने गर्छ । पोल्ने समस्या छ भने सेट्रिजन औषधि खान सकिन्छ ।
घमौरामा कीटाणुको संक्रमण भएमा चिकित्सकलाई जाँच गराउनुपर्छ । ज्वरो छ भने पारासिटामोल खान सकिन्छ तर नभए गर्नुपर्दैन किनभने यसले घमौरालाई कुनै किसिमको असर गर्दैन । तापक्रमलाई नियन्त्रण गर्न सकेमा यो आफैं निको हुन्छ, यसको ठ्याक्कै औषधि उपचार छैन ।
बच्ने उपाय
घमौरा आउन नदिने पहिलो उपाय भनेको गर्मीबाट जोगिनु हो । त्यसैले घमौराको समस्या भएमा घाममा कम बस्ने गर्नुपर्छ । शरीरको तापक्रमलाई नियन्त्रण गर्नका लागि धेरै गर्मी भएमा पंखा, एसी, कुलर वा चिसो भएको ठाउँमा बस्न सकिन्छ ।
धेरै पसिना आउने क्रियाकलाप जस्तै खेल्ने, कुद्ने, दौडिने व्यायाम लगायत कम गर्नुपर्छ । कोठामा हावाको आवतजावत बढाउन झ्यालढोका खुल्ला राख्नुपर्छ । शरीरलाई शीतल बनाउने कपडा लगाउँदा सुतीको, कटनको र प्राकृतिक कपडाहरु लगाउनुपर्छ । शरीरलाई चिसो बनाउन नियमित रुपमा दिनकै नुहाउने गर्नुपर्छ ।
शरीरलाई हाइड्रेट गर्न पानीको सेवन नियमित गर्नुपर्छ । बेटाजिन, डेटल, भ्यासलिन वा विभिन्न क्रम वा लेप बनाएर लगाउने गर्नुहुँदैन । यसले समस्या थप बढ्न सक्छ । यी कुरा गर्न सकेमा घमौरा एक-दुई दिनमा नै निको हुन्छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्