‘तराईमा केही दिनदेखि तापक्रम बढेको छ, बादल लाग्दा आइतबार केही घटे पनि सोमबारबाट फेरि बढ्ने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘तत्काल वर्षाको सम्भावना पनि देखिँदैन ।’
तर, मौसम विभागले तराईमा ‘लु’ चलेको आधिकारिक घोषणा भने गरेको छैन । जल तथा मौसम विज्ञान विभाग जलवायु महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंले मधेश प्रदेशको पश्चिम क्षेत्र (रौतहट, पर्सा र लुम्बनीको भैरहवा)मा ‘हिटवेभ’को मापदण्ड नाघेको बताए । ‘तर, यो सानो क्षेत्रमा मात्र देखिएको छ, पूरै तराईमा हिटवेभ छैन,’ उनले भने, ‘त्यही भएर हामीले लु भनिसकेका छैनौँ ।’ सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा ‘लु’ चल्न थाल्छ ।
कुन क्षेत्रमा कति डिग्री तापक्रम पुग्दा ‘लु’ चलेको मानिने भनेर छुट्टै मापदण्ड तय भएको छ । विभागले बनाएको मापदण्ड हेर्दा पनि तराईमा हल्का र मध्यमस्तरको लु (तातो हावाको बहाव) देखिएको छ । जल तथा मौसम विज्ञान विभागकाे कार्यालय भैरहवाका वरिष्ठ मौसमविद् वरुण पौडेलले तराई क्षेत्रको धनगढीदेखि सिमरासम्म तापक्रम बढ्दै गएको बताए । ‘भैरहवामा गर्मी निकै बढेको छ, एक साता भयो पानी नपरेको, त्यही भएर पनि तापक्रम बढेको हो,’ उनले भने ।
हरेक वर्ष लम्बिँदै लु
गत वर्ष वैशाख पहिलो सातादेखि असार दोस्रो सातासम्म तीनपटक (एकदेखि डेढ साता लामो अवधि)को लु चलेको थियो । जसकारण तराईका कयौँ जिल्लामा विद्यालय बन्द गरिएका थिए ।
वैशाख–जेठमा विराटनगर, वीरगन्ज, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा तापक्रम ४०–४४ डिग्री सेल्सियस पुग्ने गरेको छ । विश्वव्यापी तापक्रम वृद्धिका कारण पनि नेपालमा पछिल्ला दशकमा लु बढिरहेको ठानिन्छ । तर, कुन स्तरमा लु बढिरहेको छ भनेर सरकारी अध्ययन छैन । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईं भने नेपालमा लु चलेको लेखाजोखा गत वर्षबाट मात्र गरिएकाले विश्वव्यापी तापक्रम वृद्धिसँग जोडेर हेर्न नमिल्ने बताउँछन् ।
‘यसअघि पनि लु के थियो भनेर हेरिएको छैन, त्यही भएर एक वर्षको तथ्यांकलाई नै आधार बनाउन मिल्दैन,’ उनले भने, ‘प्रि–मनसुनमा कम पानी पर्नु, वर्षा, बादल र हावाका मौसमी गतिविधि कम हुँदा तराईमा लु चल्ने गर्छ ।’ छिमेकी भारतमा भने लु अर्थात् तातो हावाको घटना प्रतिदशक ०.६ घटनाका दरले बढिरहेको पाइएको छ । तर, शीतलहर भने हरेक दशकमा ०.४ घटनाले कमी आइरहेको छ ।
हैदराबाद विश्वविद्यालयका अध्ययनकर्ताले गरेको अध्ययनअनुसार लु शुष्क र अर्धशुष्क जलवायु क्षेत्रमा अधिक पाइएको छ । पूर्वऔद्योगिक युगपश्चात् विश्वको औसत तापमान करिब एक डिग्रीले वृद्धि भइसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम वृद्धिको दर वार्षिक अधिकतम ०.०५६ डिग्री र न्यूनतम ०.००२ डिग्री छ ।
३३.५ डिग्री सेल्सियस पुग्यो काठमाडौंको तापक्रम देशभरको अधिकतम तापक्रम बढेको छ । काठमाडौं उपत्यकामा पनि दिउँसो चर्काे गर्मी हुन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा शनिबार अधिकतम तापक्रम ३२.८ डिग्री सेल्सियस पुगेकामा आइतबार बढेर ३३.५ पुग्यो । न्यूनतम तापक्रम पनि १४.७ पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा वर्षा गराउने प्रणाली निष्क्रिय बन्दा तापक्रम बढेको हो । त्यस्तै, आइतबारै दिपायलमा अधिकतम तापक्रम ३६.२, वीरेन्द्रनगरमा ३६, घोराहीमा ३५.४, पोखरामा ३२.६, ओखलढुंगामा २७.५, धनकुटामा २९.५, विराटनगरमा ३७.७ र धरानमा ३७.४ डिग्री सेल्सियस मापन भएको छ ।
करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन्। कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उनको भनाइ छ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्