काठमाडौं,योगदानमा आधारित सामाजिक सुरक्षा कोषले अब छिट्टै जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।
जलविद्युत आयोजनाहरूमा लगानीका लागि सामाजिक सुरक्षा कोषले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडिसिएल) सँग सम्झौता गरेको छ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
एचआइडिसिएल सरकारी स्वामित्वको कम्पनी हो। यो कम्पनीले जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको छ।
सम्झौताअनुसार कोषले आफ्नो लगानी कार्यविधि अनुसार ऊर्जा क्षेत्रमा एचआइडिसिएलसँगको सहकार्यमा लगानी गर्नेछ। ऊर्जा विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सहवित्तीयकरण गरी ऋण लगानी गर्ने उल्लेख गरिएको छ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले एचआइडिसिएलसँगको सहकार्यमा विभिन्न जलविद्युत आयोजनामा सहवित्तीयकरण गर्ने बताए।
'कोष वित्तीय संस्था होइन। यसले सिधै लगानी गर्ने होइन। सहवित्तीयकरण गर्ने हो। बुढीगण्डकी जलविद्युत आयोजनामा पनि सहवित्तीयकरणको कुरा आइरहेको छ,' उनले भने।
कोषले सुरक्षित क्षेत्र हेरेर सहवित्तीयकरण गर्ने उनले बताए। दिगो प्रतिफल हुने क्षेत्र तथा देशले प्राथमिकतामा राखेका क्षेत्रमा कोषले सहवित्तीयकरण गर्ने उनको भनाइ छ।
'तरलता, प्रतिफल र जोखिम हेरेर लगानी गर्नुपर्यो। हामी विभिन्न क्षेत्रमा लगानीका लागि पहल गरिरहेका छौं,' उनले भने, 'कर्मचारी सञ्चयकोषसँग पनि मिलेर लगानी गर्ने योजना अघि बढिरहेको छ।'
सामाजिक सुरक्षा कोषमा हालसम्म औपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा गएका श्रमिकको ४९ अर्ब ७ करोड रूपैयाँ जम्मा भएको छ।
तर कोषले अहिलेसम्म यस्तो रकम विकास निर्माण लगायतका आयोजनामा लगानी गर्न सकेको छैन। कोषका निर्देशक विवेक पन्थीका अनुसार कोषले मुद्दती निक्षेप, डिभेन्चर, म्युचुअल फन्ड, ट्रेजरी बिल, विकास ऋणपत्र लगायत सुरक्षित लगानी उपकरणबाट मात्र आम्दानी गरिरहेको छ। त्यस्तै कोषले योगदानकर्ता सापटीमा पनि लगानी गरेको छ।
यस्ता लगानीबाट कोषले प्रतिफल पनि धेरै पाउन सकेको छैन। हालसम्म कोषले दुई अर्ब ९१ करोड मात्र प्रतिफल प्राप्त गरेको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए।
कोषले कुन–कुन क्षेत्रमा लगानी गर्न सक्छ?
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम लगानीका लागि लगानी कार्यविधि २०७७ छ।
यो कार्यविधि अनुसार कोषले सरकारी ऋणपत्रमा लगानी गर्न सक्छ। नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी हुने विभिन्न किसिमका ऋणपत्र खरिद वा बिक्री गर्न सक्छ।
त्यस्तै कोषले मुद्दती निक्षेपमा लगानी गर्न सक्छ। नेपालका (क) वर्ग र पूर्वाधार विकास बैंक मध्ये समितिबाट स्वीकृति प्राप्त बैंकमा लगानी गर्न सक्छ।
कोषले बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रलगायत कम्पनीमा सेयर लगानी समेत गर्न सक्छ।
डिबेञ्चर लगानी, म्युचुअल फण्ड, व्यवसायिक आवास परियोजना लगायतमा पनि लगानी गर्न सक्छ। योगदानकर्ता सापटीमा पनि कोषले लगानी गर्छ।
जसमा घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी, योगदानकर्ता विशेष सापटी छन्।
वीरगन्ज महानगरपालिकामा हाल ४ वटा क्यासिनो सञ्चालनमा रहेका छन् । सुरज होटलमा फरचुन सिटी गेमिङ क्लब, होटल भिस्वामा सेन्ट्रल मिडिया गेमिङ क्लब, लर्डस दियालोमा किंग्स क्यासिनो र क्लार्क रिर्सोट गोल्डेन फिंगर क्यासिनो सञ्चालनमा रहेका छन् ।
लाजिम्पाट स्थित होटल दुसित प्रिन्सेसमा सम्पन्न भएको महाधिवेशनमा दुईवटा केन्द्रीय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो भने अध्यक्ष लगायत अन्य पदमा पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए ।
अघिल्लो आर्थिक वर्षको ६ महिनामा संकलित राजस्व भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ३७ लाख रुपैया बढी राजस्व संकलन भएको देखिएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन गरिएको छ । सोही अवधिमा गत आर्थिक वर्ष १ करोड २० लाख १० हजार रुपैया संकलन भएको थियो ।
वीरगन्ज उद्योग वाणिज्य संघले सर्टिफिकेट अफ ओरिजन (सी.ओ)बाट नै मूख्य आम्दानी गर्ने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा संघले सीं.ओ.बाट १ करोड ९६ लाख ५८ हजार रुपैया आम्दानी गरेको थियो । तर, आर्थिक वर्ष २०७९/८० मा सी.ओ.बाट हुने आम्दानी झन्डै एक करोड रुपैयाले घटेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्